सामाखुसीको यस म्यानपावरबाट साउदी पुगेका १५ जना नेपालीहरु अलपत्र !

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका १५ जना नेपालीहरु अलपत्र परेका छन् । उनीहरु काठमाडौंको सामाखुसीमा रहेको अल्फारुक ओभरसिस म्यानपावर कम्पनीबाट २ महिना अघि साउदी पुगेका थिए ।

साउदीको रिहादमा अलपत्र परेका ती नेपालीहरुलाई गैरआवासीय नेपालीले रकम सङ्कलन गरि खानाको ब्यवस्था गरेका छन् । पी*डित पक्षले म्यानपावर कम्पनीले धम्की दिने गरेको आ*रोप लगाएका छन् ।

यता, म्यानपावर कम्पनीले भने दिएको काम नगरेको भन्दै पीडितका विरुद्ध विभागमा उ*जुरी दिएको छ । पीडितहरु मध्ये २ जना बिरामी परेका छन् ।

विभागले छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्ने बताएको छ । अलपत्र नेपालीहरुले आफन्त र म्यानपावर कम्पनीलाई आफूहरुलाई नेपाल झिकाउन माग गरिरहेका छन् ।