मौसममा देशभर सामान्य बदली, मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौं । बिहीबार देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखामले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको भए पनि पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बिहीबार राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ ।