धमलाको दावी: रवि लामिछानेको पक्षमा भएको प्रशर्दन राजावादी, पारसको पनि थियो समर्थन

काठमाडौँ । पत्रकार ऋषि धमलाले टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा भएको प्रद र्शनमा राजावादीहरुको समर्थन रहेको दावी गरेका छन् । उनले पूर्वयुवाराज पारस शाहले त खुलेरै उनको पक्षमा टिप्पणी समेत गरेको बताएका छन् । मंगलबार सुत्र टिभिसँग कुरा गर्दै पत्रकार धमलाले अदालतको अ८भियोगपत्रमा रवि लामिछानेलाई अ८भियुक्त भनेर लेखेको बताएका हुन् । पत्रकार धमलाले आफू रवि लामिछाने रि८हाइ हुनुपर्छ भन्ने पक्षमा रहे पनि रविलाई महानायक भने स्वीकार गर्न नसकिने प्रष्ट पारे । उनले टेलिभिजनमा बोले जस्तो सजिलो राजनीतिक गर्न नभएको बताएका छन् ।

उनले रवि एउटा सेलिव्रटी भएकाले उनको पछि केही भि८ड लागेको बताए । उनले रविलले पछिल्ला दिनमा सञ्चारकर्मीको परिचय दिनु राम्रो कुरा भएको भन्दै रविले आफूलाई पत्रकार नभनेकाले पत्रकार महासंघ उनको पक्षमा नउभिएको टिप्पणी गरे । रविले राजनीतिमा आउने संकेत गरेकोमा भने पत्रकार धमलाले आ८पत्ति जनाए ।

उनले टेलिभिजनमा कार्यक्रम चलाए जस्तो राजनीति गर्न सजिलो नभएको प्रष्ट पारे । उनले कलाकार करिष्मा मानन्धर, रेखा थापा तथा रविन्द्र मिश्रहरुले गरेको राजनीतिको उदाहरण प्रस्तुत गर्दै राजनीति गर्नु सजिलो नभएको बताए । पत्रकार धमलाले रवि लामिछानेको पक्षमा भएको आन्दोलनमा राजावा८दीहरुको समेत सहभागिता रहेको ठो८कुवा खुलासा गरे ।

उनले पूर्वयुवराज पारसको समेत उक्त आन्दो८लनमा सहभागिता रहेको ठोकुवा गरे । पत्रकार धमलाले प्रचण्ड दु८रदर्षी नेता भएको बताउँदै सबै नेताहरु एकजुट हुन सके नेपाललाई समृद्ध मूलुक बनाउन समय नलाग्ने बताए । उनले लोकतन्त्र र गणतन्त्रको विकल्पमा कुनै पनि व्यवस्था हुन नसक्ने भन्दै आफू निरन्तर गणतन्त्र र ध८र्म निरपेक्षताको पक्षमा लागिरहने उद्घोष समेत गरे ।