प्रचण्डलाइ ओलीको फोनमै धम्की : १ मिनेटमै देखाइदिनेछु

आजै साँझ खुमलटारमा छ जना सचिवालय सदस्यहरूको गहन छलफल भएको छ । बाँकी तीन जनामध्ये एक जना बालुवाटार र खुमलटारको बीचमा रहेको उनीहरूको बुझाई हो । खुमलटारको छलफलले पार्टी एकताको लागि अन्तिम पहल गर्ने निर्णयसमेत गरेको छ । उक्त पहलको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै दिइएको छ ।

आजै बिहान बालुवाटारमा बसेको अर्को अर्जेण्ट मिटिङ र यसअघि धेरै वटा खास खास छलफलमा समेत महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई पूर्ण बिश्वास नगरिएको घटनालाई पनि धेरैले अचम्म मानेका छन् । हिजो प्रत्यक्ष भेटघाट गरेपनि खुलस्त नहुनुभएका दुई जना अध्यक्षबीच आज एकैछिन फोन वार्ता भएको थियो । आजको फोन वार्तामा पनि प्रधानमन्त्री तथा अध्यक्षले अर्को पक्षले पार्टीको बैठक राखेर कुनै निर्णय लिएमा आफूले एक मीनेटमै ‘एक्सन लिने’ बताउनुभएको बुझिएको छ ।

‘तपाईंले नचिताएको र नसोचेको कुरो म एक मिनेटमा गरेर देखाइदिनेछु । पार्टी फुटाउने भएपनि फुटाऔं । एक ठाउँमा बसेर साध्य हुने देखिएन । अब तपाईंले तपाईंको बाटो रोज्नुहोस्, म पनि आफ्नो बाटो लाग्छु ।

आजको फोनवार्तामा सचिवालयको बैठक बोलाउनेवारे दुईजना अध्यक्षबीच तँ तँ र म मबाहेक सबै खालको भनाभन भएको सुरक्षा श्रोत बताउँछ । त्यसबखत प्रचण्डप्रति कडा हुँदै प्रधानमन्त्रीले भन्नुभयो ‘तपाईंले नचिताएको र नसोचेको कुरो म एक मिनेटमा गरेर देखाइदिनेछु । पार्टी फुटाउने भएपनि फुटाऔं । एक ठाउँमा बसेर साध्य हुने देखिएन । अब तपाईंले तपाईंको बाटो रोज्नुहोस्, म पनि आफ्नो बाटो लाग्छु । सल्लाहमै पार्टी फुटाऔं,पार्टी फुटाउनुको अन्तिम विकल्पबाहेक केही छैन । एकैसाथ जान सकिने अवस्था देखिएन । तपाईंहरूले बहुमतको आडमा सचिवालयको बैठक बोलाउने तयारी गर्ने हो भने म पनि देखाइदिनेछु ।’