प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि प्रहरीले यसरि हातपात गरे यी युवकलाई (भिडियो)

  • गोबिन्द महतो

जनकपुरधाम। जनकपुरको फुटपाथमा नरिवल बेचेर गुजारा गर्ने एक किशोरलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गर्ने युवालाई प्रहरीले हातपात गरेको छ । बिहीबार दिउँसो जानकी चोकस्थित नरिवल व्यापारीलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । जानकी मन्दिरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले नरिवल बेचेर जीवन निर्वाह गर्दै आएका रोशन चौधरीलाई कुटपिट गर्दै गाला चिथोरेका थिए । कुटपिटपछि रोशनले गुहार गर्दा प्रहरी जवान शंकर भागेको भिडियोमा प्रत्यक्ष देखिन्छ ।

‘प्रहरीले सुरुमा मसँग पैसा माग्यो, पैसा नदिएपछि गालामा हिर्कायो’, कुटपिटबाट घाइते व्यापारी चौधरीले भने, ‘पैसा माग्ने र पैसा नदिए भगाउने गरेका थिए । आज कुटपिट गरेँ । बिहीबार दिउँसो भिडियो सार्वजनिक भएको थाहा पाएपछि पर्यटक प्रहरीले भिडियो सार्वजनिक गर्ने युवा सुशील कर्णमाथि हातपात गरेको हो । मन्दिर परिसरका पर्यटक प्रहरी इन्चार्ज वीरेन्द्र यादवले बोलाएर हातपात गरेको कर्णको आरोप छ । ‘मैले प्रहरीको क्रुरताको भिडियो सार्वजनिक गरेपछि मेरो लुगा च्यातिदियो, धक्का–मुक्की गरेर घाँटी निमोठी दियो ।’

जिल्लाप्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले घटना भएको स्व्किार गरेका छन् । उनले घटनाको विषयमा छलफल गर्न बोलाएको र सोही बेला धकाधक्की भएको बताए । उनले भने, ‘नरिवल बेच्नेलाई म आफैँ भेटेर हेरेँ, उसको गालामा चिथोरिएको छ, थप छानबिनपछि कारवाही प्रक्रिया अघि बढछ् ।’