५ मिनेटको अन्तरमा श्रीमान–श्रीमतीको मृ’त्यु ; एउटै चितामा अन्तिम संस्कार

धनुषामा एक बृद्व दम्पतिको एकै दिन मृ’त्यु भएको छ । जिल्लाको शहीद नगरपालिका–१ निवासी रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान मृ’त्यु भएको हो । रामखेलाबन ९१ बर्षका थिए भने उनकी पत्नी ८८ बर्षकी थिइन् ।

मृतकका छोरा उपेन्द्रका अनुसार रामखेलाबनको मृ’त्यु भएको ५ मिनेटपछि उनकी पत्नीको पनि मृ’त्यु भएको हो ।

बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबन नित्यकर्म गरी बसिरहँदा एक्कासी उनको मृ’त्यु भएको थियो । त्यतिबेला घरभित्र रहेकी उनकी पत्नीले यो जानकारी पाएलगत्तै उनको पनि मृ’त्यु भयो ।

एकै दिन मृ’त्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको छ ।