अनलाइनबाटै यसरि हुँदैछ नेपालमा धन्दा, बीस वर्ष मुनिका युवती बढी

देशका विभिन्न स्थानमा ‘से’क्स वर्कर महिलाको संख्या बढीरहेका बेला पूर्वमा पनि बढेको पाइएको छ। महिला सहयोगी समूह इटहरीले पूर्वका तराई र पहाडका जिल्लामा गरि पाँच सय हाराहारी महिला अहिले पनि ‘से’क्स वर्कर’ को रुपमा कार्यरत रहेको जनाएको छ। यी मध्ये आधाजसो त किशोरी नै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

महिला सहयोगी समूहका अनुसार, झापा, मोरङ, सुनसरीसँगै प्रदेश नं. १ का पहाडी जिल्लाका महिला मोवाईल सम्पर्कका आधारमा ‘से” क्स वर्कर’ को काम गर्न शहरमा आउने गरेको पाइएको छ।

जसमा बढी मात्रमा मंसिरदेखि माघसम्म तीन महिनाको अवधिमा बढी मात्र ‘से”क्स वर्कर’ महिलाको चहलपहल हुने गरेको महिला सहयोगी समूहकी बिमला ठकुरीले जनाइन्।

उनका अुसार, विशेषगरी तीन महिनामा भारतीय ग्राहक बढी मात्रमा आउने गर्छन्। वर्कर को रुपमा काम गर्ने महिलाले पहिला इटहरी र धरान क्षेत्रका होटललाई सुरक्षित स्थानको रुपमा प्रयोग गर्थे। अचेल होटल प्रयोग गर्न छाडेका छन्।

‘वर्कर’ महिलाले पछिल्लो समय होटलभन्दा पनि विशेषगरी घर कोठा भाडामा लिएर सुरक्षित स्थान रोज्ने गरेको पाइएको छ,’ उनले भनिन, बढी मात्रमा भेडेटार त्यसमा पनि घरका कोठा लिएर मोवाइल सम्पर्कका आधारमा से”’क्स वर्करको काम गर्ने गरेको खुलेको छ।’

तथ्याङ्क अनुसार, भौगोलिक रुपमा टाढा भएकैले आफ्ना श्रीमानसंग सम्बन्ध बिग्रिएर वर्करको रुपमा काम गर्ने गरेको पनि पाइएको छ। विवाहित पुरुषले पनि विदेश गएका श्रीमानका श्रीमतीसँग स”न्तुष्टि र पैसाका लागि सम्बन्ध गाढा बनाउने गरेको पाइएको छ।