पैसा नदिँदा फुटपाथमा नरिवल बेचेर गुजारा गर्ने गरिबलाई यी प्रहरीले कु*टे

जनकपुरधाम। जनकपुरको फुटपाथमा नरिबल बेचेर गुजारा गर्ने एक किशोरलाई प्रहरीले कु*टपी*ट गरेको छ । जनकपुरको जानकी मन्दिरको उत्तरपट्टी रहेको जानकीचोकको फुटपाथमा नरिबल बेच्ने १६ वर्षका रोशनकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले कु*टपी*ट गरेको हो ।

जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले रोशनलाई प्रहरीले कु*टपी*ट गरेका हुन् । रोशनको गालामा प्रहरी जवान शंकरले मुकाले हानेका छन् । मुक्काको चोट रोशनको गालामा प्रत्यक्ष देखिन्छ ।

कु*टपी*टपछि रोशनले गुहार गर्दा प्रहरी जवान शंकर भागेका छन् । प्रहरी जवानले भनेको अनुसार पैसा नदिँदा आफुलाई कु*टपी*ट गरेको रोशनले दुखेसो पोखेका छन् । पैसा दिने व्यपारीहररुलाई केहि नगरेको र आफुले पैसा नदिँदा कु*टपी*ट गरेको रोशनले बताएका छन् ।

यस अघि मंगलबार प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले प्रहरी संगठन भित्र गलत क्रियाकलाप गर्ने जुनसुकै प्रहरीलाई का*र्वाही बाँकी नराख्ने प्रतिवद्धता जनाएको दुईदिन नबित्दै प्रदेश २ को अस्थायी राजधानी जनकपुरमै प्रहरी जवानले यस्तो घ*टना घ*टाएका छन् ।