बो’क्सी भ’गा’उने भन्दै बालिकाले महिलाको गाला तातो पन्यूले डा’मेपछि

काठमाण्डौं । समाजमा अझै बोक्सी जस्ता अन्धविश्वास कायमै रहनाले महिलाहरुले अनाहकमा दुख पाइरहेका छन् । यस्तै घटना काभ्रेमा भएको छ । एक महिलाले यस्तै अन्ध विश्वासका कारण दुख पाउनु परेको छ ।

त्यहाँ बो क्सी भगाउन भन्दै ३७ वर्षीया महिलालाई माता बताउने एक बालिकाले गाला तथा शरीरका अन्य भागमा तातो पन्युँले डामेकी छिन् । महिलाका पतिले मातालाई घरमै बोलाएर झारफुक गरिदिन भनेपछि बो क्सी भगाउन पन्युँ त’ताएर महिलाको गाला, हातको औंला र शरीरका विभिन्न भागमा डामिएको थियो ।

पाँचखाल नगरपालिका–१० की शर्मिला विकलाई सोही नगरपालिका–१२ की आफूलाई माता बताउने १६ वर्षीया बालिकाले बोक्सी भगाउन भन्दै तातो पन्यूँले डा’मेकी हुन् । लामो समयदेखि मानसिक रोगबाट पीडित महिलालाई बोक्सी भगाउँदा निको हुन्छ भन्ने अन्ध विश्वासका कारण पन्युँ डामिएको हो ।

श्रीमान् सानुबाबु विकले मातालाई घरमै बोलाएर श्रीमतीलाई झा र फुक गर्न अनुरोध गरेका थिए । ती बालिकाले भने डेड वर्षअघि घरमा कुलायनको पूजा लगाउँदा आफूलाई माता च ढे को बताएकी छिन् । एक वर्षदेखि माताकै रुपमा उपचार गर्दै आएकाले विश्वासका कारण महिलाको श्रीमान् सानुबाबु विकले एक महिनादेखि बोलाएको भए पनि आफू नगएको उनले दावी गरिन् ।

बालिकाले थप दावी गरिन्– ‘भर्खर एसईई दिएर बसेकी मैले यस्ता धेरै महिलाहरुलाई निको पारेको छु । सामान्य परिवारको सदस्य भएकाले मैले धेरै ता न्त्रि क विद्या केही आर्जन गरेको छैन ।’