१० वर्षकी बालिकालाई बन्धक बनाएर बला’त्कार

जनकपुरमा राम्ररी बोल्न नसक्ने (लाटी) १० वर्षकी बालिकालाई बन्धक बनाएर बला’त्कार भएको छ। धनुषाको धनुषा सवैला नगरपालिका घर भई जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमपुरा चौकमा डेरा गरी बस्ने बालिकामाथि बला’त्कार भएको हो।

सोहि घरमा डेरा गरी बस्ने भारत विहार राज्यको जिल्ला सितामढी थाना बथनाहा ग्राम पञ्चायत भुतही वडा नं. ५ हरिवेला गाउँका ५१ वर्षीय विरेन्द्र साहले बालिकालाई बन्धक बनाएर बला’त्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पीडित परिवारका अनुसार गएको शुक्रबार अपरान्ह साढे ४ बजे घरमा कोहि नभएको मौकाछोपी बालिकालाई ललाई फकाई विस्कुट, चकलेटको प्रलोभन दिई आफ्नो कोठा भित्र लगेर बन्धक बनाई जव’रजस्ती कर’णी गरेको हो। आमाले छोरीलाई खोज तलाश गर्ने क्रममा विरेन्द्र साहको कोठाबाट रूँदै कराउँदै निस्केपछि स्थानीयलाई गुहारेकी थिइन्।

घटना लगतै पुगेको प्रहरी टोलिले साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

साहमाथि शरीर बन्धक तथा जबर’जस्ती कर’णी मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको उनले बताए।