प्रचण्ड छोरीहरू अचानक नयाँदिल्ली ; छोरी नफर्केसम्म बालुवाटार पनि गएनन् प्रचण्ड

भारतीय गु’प्तचर संस्था र’अका प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका पुत्रीद्वय नयाँदिल्ली पुगेको रहस्य खुलेको ।

झापाबाट बागडोरा हुँदै नयाँदिल्ली पुगेका पुत्रीद्वय रेणु दाहाल र गंगा दाहाल नेपाल फर्केपछि मात्रै प्रधानमन्त्री ओलीलाई भेट्न कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेको र’हस्य खुलेको हो। ‘‘बुबाका प्र’तिनिधि भएर गएका छोरीहरूले र’अका केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केपछि मात्रै प्रचण्ड बालुवाटार पुगेको देखिन्छ।’’

स्रोतले भन्यो, ‘‘छोरीहरू दिल्लीबाट नफर्केसम्म प्रचण्ड एक दिन पनि बालुवाटार आउन मानेनन्, जब छोरीहरू फर्के तबमात्रै उनी बालुवाटार पुगे।’’ दाहाल पुत्रीद्वय दसैंको टीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गते झापाबाट भारतको वागडोरा विमानस्थल हुँदै नयाँदिल्ली पुगेका थिए, त्यसको व्यवस्थापन झापाका एक चर्चित व्यक्तिले गरेको खुलेको छ।

प्रचण्ड पुत्रीद्वयले नयाँदिल्लीमा रअ का प्र’तिनिधिलाई भेट गरेर फर्केपछि सो बारेमा बिफ्रिङ लिन प्रचण्ड कान्छी छोरीको निवासमै पुगेको स्रोतको दा’बी छ। उक्त बिफ्रिङ सुनेपछि मात्रै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।