आइतबार शक्तिशाली आँधी; ४ जनाको मृ’त्यु, लाखौं विस्थापित

मनिला — फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँ’धी ‘गोनी’का कारण कम्तीमा चार जनाको मृ’त्यु भएको छ । मृतकमध्ये एक पाँच वर्षीय बालक छन् ।

२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँ’धीका कारण अत्यधिक वर्षा भएको छ । आँ’धीका कारण मृ’त्यु हुनेको संख्या बढ्ने अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । बीबीसीका अनुसार आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान ४:५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको हो ।

आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ । अधिकारीहरूले गोनी आँ’धीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन् । उक्त आँधी सन् २०१३ पछिकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । सन् २०१३ मा हइयान आँ’धीका कारण कम्तीमा ६ हजार जनाको ज्यान गएको थियो । बीबीसीका अनुसार गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ ।

उक्त सहरमा ७० हजारले बसोबास गर्दै आएका छन् । सामाजिक सञ्जालहरूमा सार्वजनिक तस्बिरहरूमा आँधीले घरका छतहरू उठाएका देखिन्छ । त्यसका साथै प्रभावित क्षेत्रमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ । ‘हावाहुरी निकै जोडले बहेको छ । यो निकै डरलाग्दो छ,’ २१ वर्षीय स्थानीय फ्रान्सिया मई बोरासले भनिन् । फिलिपिन्समा वार्षिक सरदर २० वटा आँधी आउने गर्छन् ।

आइतबार साँझसम्म फिलिपिन्समा ३ लाख ८१ हजार जनामा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ । भाइरसका कारण ७ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नागरिक प्रतिरक्षा प्रमुख रिकार्डो जलादले आँधी आउने अनुमानसँगै ३ लाख ४७ हजार जनालाई सुरक्षित स्थानमा सारिएको दाबी गरे ।