भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट; २३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ भने २ हजार ३ सय ८६ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोनाबाट मृ’त्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको छ।

उपत्यकामा थप १६२२ जनामा कोरोना पुष्टि