मृ’त्युको पच्चीस दिन बित्दा पनि भएन महेन्द्र रामको दाहासंकार

कुटपिटबाट गम्भिर घाईते भई वीरगंजमा उपचार गर्दागर्दै मृ’त्यु भएका महेन्द्र रामको २५ दिन बित्दासम्म पनि दाहासंकार हुन सकेको छैन । २२ गते मृत्यु भएका सर्लाही रामनगर गाउँपालिका–७, सिसौटका ६५ वर्षीय महेन्द्र रामको श’व अहिलेपनि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमै रहको छ ।

महेन्द्र राममाथि कुटपिट गर्नेहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दा स्थानीय प्रहरी प्रशासनले वेवास्ता गरेको कांग्रेस नेताहरुले बताएका छन् । राममाथि कुटपिट गर्नेहरुविरुद्ध किटानी जाहेरी दिए पनि हालसम्म सत्ताधारी दल नेकपाका नेताहरुको ईसारामा प्रहरीले समाधान गर्न आनाकानी गरेको प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहको आरोप छ ।

पहिले किटानी जाहेरी दिन जादा झडपमा मृ’तकका भाई, श्रीमति एवं आधा दर्जन महिलासहित दुई दर्जन नेता कार्यकर्तालाई घाईते बनाएको सांसद् सिंहले बताए ।