सुनको भाउ ह्वात्तै बढ्याे ; तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावल सुन तोलाको ९५ हजार तोकेको छ । शुक्रबार तोलाको ९४ हजार ५ सय थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको ११ सय ९५ कायम भएको छ । गत शुक्रबार तोलाको ११ सय ८० रुपैयाँ थियो ।