‘कार उपहार’बारे बोले ‘सिधाकुरा जनतासंग’का उत्पादक दीपक बोहोरा

काठमाडौं। टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासंग’ का उत्पादक दीपक बोहोरालाई एकजना व्यवसायीले कार उपहार दिएको विषयले सामाजिक सञ्जाल ताते पछि वोहोराले सामाजिक सञ्जालवाटै त्यसको स्पष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लाइभ आएर सो वारेमा स्पष्टिकरण दिएका हुन् । उनले आफुलाई ब्यवसायीले कार उपहार दिएको कुरा भने स्वीकार गरेका छन् । उनले करिब दुई लाख पचास हजार पर्ने कार आफुलाई ब्यवसायीले उपहार दिएको स्वीकार गरेका छन्।

जापानमा बस्ने नेपाली नागरिक डिपी अर्याल नाम गरेका व्यक्तिले आफुलाई सो कार उपहार दिएको उनको भनाई छ । उनले सामाजिक सञ्जाल फेसवुकमा लाइभ आएर त्यसको स्पष्टिकरण दिँदै भनेका छन् २ साढे २ लाख जति पर्ने गाडी उपहार पाएको हो अहिले पनि म सँगै छ । कसैले किन्न चाहनुहुन्छ भने त्यती बेला साढे दुई लाख पर्ने कार अब मैले डेढ लाखमा बेच्न तयार छु ।

केहि समय पहिले बोहोराले अर्याललाई धन्यवाद दिँदै आफ्नो फेसबुकमा कारको फोटो सार्वजनिक गरेका थिए । रेमिटेन्स कम्पनी इजि लिंकका सञ्चालक अर्यालले केही समय पहिला ‘सिधाकुरा जनतासंग’ का सञ्चालक रवि लामिछाने र उत्पादक बोहोरालाई जापान लगेर सयौँ नेपालीहरु भेला पारेर इजिलिंकको प्रचार गरेका थिए । पत्रकारलाई कार नै उपहार दिएको सार्वजनिक भएको भने यो पहिलो घटना हो ।

उनले आफु सोही कम्पनीका तर्फवाट अन्य देशको भ्रमण समेत गरेको बताएका छन् । उनले आफुहरुलाई बदनाम गर्न केही समुहनै लागेको बताउँदै आफुले नै सार्वजनिक गरेको तस्बिर राखेर अहिले सामाजिक सञ्जालमा अफवाह फैलाउन लागिएको बताएका छन् ।