‘अल्ला हु अकबर’ भन्दै च’क्कु प्र’हार, महिलाको शिर नै का’टियो

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले मुस्लिम धर्मबारे विवादस्पद अभिव्यक्ति दिएसँगै फ्रान्सको चर्चमा बिहीबार च’क्कु आ’क्रमण भएको छ।

यस आक्रमणमा ३ जनाको मृ’त्यु हुनुको साथै कयौं घाइते भएको फ्रान्सका संचारमाध्यमलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। आ’क्रमणकारीले ‘अल्ला हु अकबर’ भन्दै च’क्कु प्र’हार गरेको बताइएको छ। यस घटनामा एक महिलाको शिर का’टिएको पनि बताइएको छ।

निस शहरका मेयर क्रिस्टियन इस्टरोसीका अनुसार नोट्रे डेम चर्च नजिकै आ’क्रमण भएको हो। यस घटनालाई प्रहरीले आतंकवादी आ’क्रमण भनेका छन्। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेको छ। यसै महिनाको सुरुवातमा मुस्लिम अतिवादीले फ्रान्सेली शिक्षकको शिर का’टेर ह’त्या गरेका थिए।

त्यसको केही समयमै फ्रान्समा फेरि च’क्कु आ’क्रमणको घटना भएको हो। यसपटक पनि एक महिलाको शिर काटिएको छ।
यो पनिः यसकारण फ्रान्सेली उत्पादन बहिष्कार गर्दैछन् मुस्लिम मुलुकहरु यसै महिनाको सुरुवातमा शिक्षक स्यामुअल पाटीले मुस्लिम धर्मगुरुको अपमानजनक कार्टुन देखाएर आफ्ना विद्यार्थीलाई अभिव्यक्ति स्वतन्त्रताको पाठ पढाएका थिए। ती शिक्षकको अन्ततः ह’त्या भएको थियो।

उक्त घटनासँगै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले मुस्लिम धर्म आज विश्वभर संकटमा रहेको बताउँदै यस धर्ममा कट्टरपन्थी र प्रलोभनद्वाराग्रस्त बनेका मानिसहरु रहेको र उनीहरुले अरुको विनाशको सोच राख्ने आरोप लगाएका थिए। म्याक्रोंले शिक्षकको ह’त्यालाई इस्लामी आतंकवादीको आ’क्रमणको संज्ञा दिएका थिए।

म्याक्रोंले विवादित बयान दिएयता मुस्लिम राष्ट्रहरु उनीसँग रुष्ट बनेका छन्। मुस्लिम राष्ट्रहरुले फ्रान्ससँगको आर्थिक कारोबार त्याग्ने बताइरहेका छन्।