रविको पक्षमा उर्लिएको जनलहरको अर्थ यस्तो

काठमाडौं। आ त्म ह त्या दुरु त्साहको कसुरमा जिल्ला अदालत चितवनमा ५ लाख धरौटी बुझाएर छुटेका टेलिभिजनकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे ।

सभामा हजारौं उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे ।
बुधबार काठमाडौं फर्किएका लामिछानेलाई पछ्याउनेको भीड पनि उस्तै थियो ।

फौजदारी अभियोगमा मुद्दा खेपिरहेका उनलाई पछ्याउनेको संख्या कसरी यति धेरै भयो ? रविलाई पछ्याउने प्रशंसकमात्रै हुन् वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरुको जनमत हो ?

राजनीतिकशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक सञ्जालको माध्यमबाट जोडिएका र त्यसैले रविलाई पछ्याएको समूहलाई सामान्य ठानेर नदरअन्दाज गर्न मिल्दैन।

‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परमपरागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतको रुपमा बुझ्न सकिन्छ’ उनले भने ।
खनालको बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइका छन्, जबकिकनयाँ पुस्ता प्रविधि, सञ्चार र सामाजिक सञ्जाल सम्पर्कले बदलिसकेका छन् । कान्तिपुरमा यो खबर छापिएको छ।