युद्धक विमान दु’र्घटना हुँदा पाइलटको मृ’त्यु

ताइवानमा बिहीबार एक युद्धक विमान दु’र्घटनाग्रस्त भएको छ।
एफ–५ई युद्धक विमान दु’र्घटनामा पर्दा उक्त विमानमा सवार पाइलटको मृ’त्यु भएको एससीएमपीले जनाएको छ।

ताइतङ भन्ने क्षेत्रमा अभ्यास मिसनका क्रममा विमान दु’र्घटनामा परेको बताइएको छ। स्थानीय समयअनुसार बिहान ७ बजेर २९ मिनेटमा उक्त फाइटर जेट चिहाङ एयरबेसबाट उडको थियो।

इन्जिनमा समस्या आएपछि विमान दु’र्घटनामा परेको ताइवानको सेनाले जानकारी दिएको छ। ती मृ’तक पाइलटको नाम चु कुवान–मेङ भएको बताइएको छ। पछिल्लो समय ताइवान र चीनबीचका भूराजनीतिक विवाद चर्को बन्दै गएको छ।

ताइवान आफ्नो भएको दाबी गर्दै आएको चीनलाई ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताएपछि चीन रुष्ट छ। हालै ताइवानले अमेरिकासँग ह’तियारहरु खरिद गर्ने सम्झौताहरु गरेको छ। जसका कारण चीन ताइवान अमेरिका दुवैसँग चिढिएको छ।