साढे २९ लाख रुपैयाँसहित दश जुवाडे पक्राउ

बाँके प्रहरीले साढे २९ लाख रुपैयाँसहित दश जना जुवाडेलाई पक्राउ गरेको छ । काटपत्ती खेलिरहेका उनीहरुको साथबाट २९ लाख ४८ हजार सात सय रुपैयाँ बरामद भएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा भइरहेको ठूलो खालको जुवामा प्रहरीले छापा मारेको हो।

बाँके प्रहरीका अनुसार, सन्तोष थापा, मेघनाथ कचबन्दिया, नविन घिमिरे, टोपबहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्णबहादुर सुवेदी, रहमान मियालाई जुवा खालबाट पक्राउ गरिएको छ ।

पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानूनी कारबाही हुने बाँके प्रहरीले जनाएको छ ।