राष्ट्रपति कार्यालयको ट्वीटर ‘डिएक्टिभ’

काठमाडौँ — राष्ट्रपति कार्यालयले सूचना सम्प्रेषणका लागि सञ्चालनमा ल्याएको ट्वीटर ह्यान्डल ‘शीतलनिवास’ ‘डिएक्टिभ’ गरेको छ । उक्त ह्यान्डलमा साइबर हमला भएकाखे आशंकामा डिएक्टिभ गरिएको हो ।

राष्ट्रपतिका प्रेस तथा सूचनाविज्ञ टीका ढकालका अनुसार केही दिनअघि मात्र ‘भेरिफाई’ भएको एकाउन्टमा समस्या आएपछि त्यसको ‘सेक्युरिटी फिचर’ परीक्षण गर्नका लागि डिएक्टिभ गरिएको हो ।

राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं ।
यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।— Tika P. Dhakal (@TikaDhakaal) October 28, 2020