पति गुमाएकी सुनिता भन्छिन्, ‘धन सम्पति चाहिँदैन, मलाई इन्साफ दिलाइदिनुहोस्’

गत विहिवार भएको झडप मा ज्यान गुमाएका नेकपाका गाउँकमिटि सचिव मुकेश चौरसीयाको श’व घटना भएको ६ दिन सम्म पनि आफन्तले जिम्मा लिएका छैनन् । उनको श’व नारायणी अस्पतालमा अलपत्र छ । परिवारले जिम्मा नलिएका कारण उनको पोष्ट’मार्टम पनि हुन सकेको छै ।

‘धन सम्पति चाहिँदैन, खाली मलाई इन्साफ दिलाइदिनुहोस्’, पति गुमाएको शोकमा डुबेकी सुनिता चौरसीया आफूलाई भेट्न आउनेका सामु डाँको छाडेर रुदै भन्छिन्,योजना बनाएर मा रे, मलाई अरु केही चाहिँदैन न्याय दिलाइदिनुस्।’

मुकेशको ज्यान गएको घटनामा संलग्नलाई आफुहरुले नाम तोकेर प्रहरीमा उजुरी दिँदा पनि सुनुवाई नभएको परिवारको भनाई छ । प्रहरीले जाहेरी नलिएको भन्दै उनीहरुले शव जिम्मा लिन मानेका छैनन् ।

गत बिहीबार पर्साको विन्दवासीनी गाउँपालिका ५ प्रसौनीभाठामा नेकपाको नवनिर्वाचित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा घाइते भएका उनको उपचारका क्रममा नि’धन भएको हो ।

मुकेशको निधन भएकै दिन शुक्रबार मुकेशका भाइ महेश चौरसीया, घटनामा संलग्न ११ जनाविरुद्ध कार्वाहीको माग गर्दै जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा पुगे। तर, प्रहरीले जाहेरी लिन मानेन।

महेशका अनुसार, घटनामा संलग्न नै नरहेको भन्दै प्रहरीले संविधानसभाका पूर्वसदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ताको नाम हटाएर अर्को जाहेरी लिएर आए मात्रै दर्ता गर्ने भन्दै फर्काएको हो। मुकेशका परिवारले राजकुमारकै योजनामा घटना भएको दावी गर्दै आएका छन् । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै विरगञ्जमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।