बलिउड अभिनेत्री माल्भी मल्होत्रामाथि भएको ह’म’लामा बोलीन् कंगना

मुम्बईको बरसोवा ईलाकामा अभिनेत्री माल्भि मल्होत्रामाथि गएराती च’क्कु’द्धारा प्र’हार गरिएको छ । खबरका अनुसार अभिनेत्री मल्होत्रामाथि उनकै एक पुराना साथीले च’क्कु प्र’हार गरेको बुझिएको छ । हमला गर्ने व्यक्तिले अभिनेत्री मल्होत्रामाथि च’क्कुले तीन पटक प्र’हार गरेका छन् ।

आफुमाथि भएको ह’मलामा विशेषगरी घाइते अभिनेत्री मल्होत्राले कंगनालाई सम्बोधन गर्दै आफुलाई सहयोग गरिदिन भन्दै अस्पतालको बेडबाटै भिडियो बनाएकी थिईन् । साथै उनले उक्त भिडियोमा आफुपनि हिमाचलको भएको बताएकी थिईन् । उनको उक्त भिडियो सोशल मिडियामा सार्वजनिक भएपछि अभिनेत्री कंगनाले प्रतिकृया जनाएकी छन् ।

अभिनेत्री कंगनाले आफ्नो अफिसियल ट्वीटर अकाउन्टमा लेखेकी छन्,‘यो फिल्मी दुनियाँको वास्तविकता हो । यस्ता घटनाहरु सानो शहरबाट मुम्बई प्रवेश गरेका संर्घषशील कलाकारहरुमाथि हुने गर्दछ । किनकी उनीहरुसंग मुम्बईका ठुला मानिसहरुसंग सम्पर्क र प्रपर च्यानल हुँदैन । नेपोटिजमका बच्चाहरु आफ्नो बचाउ गर्न सक्छन् । जति उनीहरु चाहान्छन् । बाहिरबाट गएकाहरु कतिलाई च’क्कुद्धारा मा’रिन्छ भने कतिलाई बला’त्कार गरिन्छ । र अन्तमा मारिन्छ ।’

अभिनेत्री कंगना रनौतले अर्को ट्वीटरमा माल्भीलाई प्रेमपुर्ण सम्बोधन गर्दै लेखेकी छन्,‘प्यारी माल्भी, म तिम्रो साथमा छु । मैले पढें कि तिम्रो बारेमा र थाहा पाएँ कि तिम्रो हालत निकै नै गम्भिर छ भन्ने कुरा । मैले तिम्रोलागी प्रार्थना गरिरहेकी छु । साथै मैले रेखा शर्मासंग अनुरोध गरिरहेकी छु कि दो’षीलाई तुरुन्तै गि’र’फ्ता’र गरी का’र्वा’ही गरियोस् । हामी सबै तिम्रो साथमा नै छौं । भरोसा राख ।’

अभिनेत्री माल्भीको भिडियोमा कंगनाले कस्तो प्रतिकृया जनाउलीन् भन्ने सबैलाई उत्सुकता भईरहेको बेलामा कंगनाले माल्भीको उक्त भिडियोमा प्रतिकृया जनाउँदै उनलाई आश्वासन दिईन् । कंगनाको यो आश्वासनको विषयमा अहिले सोशल मिडिया युजरसले अभिनेत्री कंगनालाई धन्यबाद दिएका छन् । र फेरी एक पटक कंगनाको तारिफ गरेका छन् ।