श्वेतालाई बिहे गर्न स्विकृति, रसायो श्वेताको आँखा (भिडियो)

स्वेता खड्का चलचित्रमा काम गर्दा पनि वा नगर्दा पनि चर्चामा रहन्छिन् । चलचित्र बजारमा नायिका स्वेता खड्का प्रेममा रहेको चर्चा पनि चल्ने गरेको छ । हुनत, चलचित्र बजारमा यस्ता ह’ल्ला चल्नु स्वभाविक नै हो।

यसैबीच स्वेताले यो वर्षको दशैं परिवारका साथमा मनाएकी छन् । दशैंको माहोलमा स्वेताको आमाले उनलाई विवाह गर्ने स्वीकृति दिएकी छन् । छोरीको विवाह गर्नुपर्दैन भनेर आफन्तले भन्नुहुन्छ स्वेताको आमाले भनिन्।

तर, स्वेता खड्का यो कुरा मान्न तयार छैनन् । उनी भन्छिन्–‘मलाई त प्रेम र विवाह फेक कमिटमेन्ट जस्तो लाग्छ । यसमा धेरै नबोलौ होला।’ स्वेताले प्रेम र बिहेलाई झुटो आश्वासनको संज्ञा दिएकी छिन् । उनले, बिहेको बिषयमा पनि अहिलेसम्म केही पनि नसोचेको स्पष्ट पारेकी छिन्।

स्वेताले भनेकी छिन्–
म हिजो पनि सिंगल थिएँ, आज पनि सिंगल नै छु । कस्तो हुन्छ जोडीको जीवन, अनुभव गर्न पाएकी छैन। यो बिषयमा अहिलेसम्म सोचेकी छैन ।’ स्वेताले बिहेको बिषयमा आफूले नसोचेको र सिंगल जीवनमा नै खुशी रहेको स्पष्ट पारेकी छिन्।

थप भिडियोमा हेर्नुस्