प्राध्यापक चलाउनेमाथि आ’क्रमणको योजनाकार नेविसंघका नेता प’क्राउ

काठमाडौं । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कु’टपिटमा संलग्न दीपक ओझालाई प्रहरीले प’क्रेको छ । ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौंले कैलाली प्रहरीसँगको समन्वयमा प’क्राउ गरेको हो । नेविसंघका नेता ओझालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेली, कैलालीका डिएसपी भरत चौधरीले बताए ।

यसअघि कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले प’क्राउ गरेर हिरासतमा राखेको छ । टौदह घर भएका निरज राना मगर, सिराहा घर भएका रुपेश शाह र रविन लामालाई प्रहरीले प’क्राउ गरिसकेको छ । त्रिवि समाजशास्त्र केद्रिय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा चारजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कु’टेर भागेका थिए ।

प्राध्यापक कुट्न रुपेशले अन्य तीनजनालाई सँगै लिएर त्रिभुवन विश्वविद्यालयमा गएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । यसअघि पक्राउ गरिएका रुपेश र रविन दुवै त्रि–चन्द्र क्याम्पसका विद्यार्थी हुन् । प’क्राउ परेकाहरुले त्रिविमा अध्ययनरत नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको प्रहरीलाई बताएका छन् ।