‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहेछ’ – इशा लामिछाने

काठमाडौ। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प क्राउ परी छुटेका रवि लामिछानेप्रति धेरैले सहानुभूती देखाए । विजेता योद्धाको शैलीमा उनलाई फूलमाला लगाएर स्वागत गरियो । उनले विजेताको शैलीमा भाषण समेत गरे ।

यतिसम्मकी २५ वर्ष वैवाहिक जीवन सँगै बिताएकी पूर्व पत्नीले समेत सान्त्वना दिइनन्। लामिछानेकी पूर्व पत्नी इशाले कुनै टिप्पणी नगरेपनि भदौ १० गते साँझ फेसबुकमा स्टाटस लेखेकी थिइन। हाल दुई छोरीसहित अमेरिकामा रहेकी उनले लेखेकी छिन् , ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ।’

यो रवि लामिछानेप्रतिको व्यङ्ग्य उनले गरेकी थिइन। कुनैबेला रविसँग निकट भएकी नायिका करिश्मा मानन्धरले रवि लामिछाने पक्राउ परेलगत्तै व्यङ्ग्य गरेकी थिइन् । उनले पनि सामाजिक सञ्जालमा लेख्दै रविको समर्थनमा देखिएकालाई भेडाको संज्ञा दिएकी थिइन् ।