कोरोनाले रोक्यो मेस्सी र रोनाल्डोको भेट

च्याम्पियन्स लिग फुटबलमा बुधबार बार्सिलोना र युभेन्टस आमनेसामने हुँदैछन् ।

रोनाल्डोको कोरोना परीक्षण पुनः पोजेटिभ आएको र उनी बार्सिलोनाविरुद्ध नखेल्ने गोल डटकमले जनाएको छ ।

यो खेललाई लिओनल मेस्सी भर्सेस क्रिष्टियानो रोनाल्डोको खेलका रुपमा समेत हेरिएको थियो ।

तर बुधबार आलियान्ज स्टेडियममा हुने खेलमा दुई स्टारलाई एकसाथ मैदानमा देख्न नपाइने भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा छन् ।