नेपालीले सिड्नीमा संचालन गरेको कलेजले पायो  बिजनेश अवार्ड

बरउडमा रहेको नेपाली व्यवसायीद्धारा संचालित एडभान्स कलेजले इनरवेष्ट लोकल बिजनेश अर्वाड हात पारेको छ।

स्थानीय सरकारी निकायद्धारा व्यवसायको प्रोत्साहनका लागि प्रदान गरिने यो अवार्ड पाउन सफल एडभान्स कलेजमा नर्सिङ निकायको एज केयर र डिसाबिलीटी सम्वन्धित पढाइ हुने गरेको छ।
स्थानिय निकायद्धारा तोकिएको स्वतन्त्र कमिटीले स्थानीय व्यवसायहरूको प्रर्दशन र सफलताका आधारमा प्रत्येक वर्ष यो अर्वाड दिने गरिन्छ।

हामीले शैक्षिक क्षेत्रमा गर्दै आएको योगदान र सेवाको आधारमा यस वर्ष स्थानीय बिजनेश अर्वाड प्राप्त गरेका हौं यसले हाम्रो थप हौसला बढाएको छ’, कलेजका प्रमुख कार्यकारी किशोरराज अर्यालले भने। यसअघि पनि यो कलेज दुई पटक यस अर्वाडको फाइनल चरणमा पुगेको थियो।

‘तर यसपटक भने हाम्रो काम र विद्यार्थीहरूको प्रतिक्रिया बुझेपछि उनीहरूले यो पुरस्कार हामीलाई दिएका हुन’, कलेजका निर्देशक ईश्वर दाहालले भने।