दशैंको शुभकामना दिँदै अमेरिकी राजदूतले पकाए खसिको मासु; चिनियाँ राजदूतले गाइन् रेशम फिरिरि

नेपाल सामारिक रुपमा अहिले चीन , भारत र अमेरिकाको महत्वमा कति छ भन्ने कुरा नेपालस्थित सम्वन्धित देशका राजदुतको गतिविधिले देखाउँछ ।

नेपालको राजनीतिक, संस्कृतिक, भौगोलिक संरचनामा उनीहरुले अहिले अति महत्व दिन थालेका छन् । चाडवाड, पर्वहरुमा उनीहरुले उत्तिकै चासो र महत्व दिन थालेका छन् । नेपालीहरुप्रति आफनो अपनत्व देखाउन र महत्व बढाउन चीन र अमेरिकाका राजदुतका वीचमा प्रतिस्पर्धा नै चलेको छ भन्दा हुन्छ ।

यसपटकको दशैंमा अमेरिकी राजदुत ¥यान्डी बेरीले ढाका टोपीमा सजिएर टीका थापेको फोटो अफिसियल्ली समाजिक सन्जाल ट्वीटमार्फत सार्वजनिक गरेका छन् । उनले दशैंका बेला खसीको मासु पकाउँदै गरेको भिडियो अमेरिकी दूतावासले सार्वजनिक गरेको छ ।

राजदुत बेरीले शुभकामना दिदै लेखेका छन्,

‘२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं । बडा दशैंको उपलक्षमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुख,समृद्धि र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु !’

रेशम फिरिरी गीत गाउँदै चिनियाँ राजदूत यान्छीले दिइन् दशैँको शुभकामना