बार्सिलोनाका अध्यक्षसहित सबै पदाधिकारीद्वारा सामूहिक राजीनामा

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँगै सबै वोर्ड सदस्यले पदबाट राजीनामा दिएका छन्।

सन् २०१४ मा अध्यक्ष भएका बार्टोमेउले समर्थकहरुको अत्यधिक दबाबपछि पदबाट राजीनामा दिएका हुन्। केही महिनाअघि मात्र सुपरस्टार लिओनेल मेस्सीले अध्यक्षकै कारण क्लब छोड्ने घोषणा गरेपछि उनीमाथि दबाब थपिएको थियो।

लियोनल मेस्सीसँगको सम्बन्ध चिसियपछि राजीनामा दिएका उनले युरोपियन सुपर लिगमा सम्मिलित हुने प्रस्तावलाई भने स्वीकार गरेका छन्। आगामी मार्च महिनामा कार्यकाल सकिने भएपनि उनले ५ महिना अगावै पदबाट राजीनामा दिएका हुन्। क्लबका करिब २० हजार बढी सदस्यले उनलाई पदमुक्त गर्न हस्ताक्षर संकलन गरेका थिए।