बिहे भोज खाएर फर्किँदै गरेका विकको खुट्टा छिनालेको आरोपमा ३३ जना प’क्राउ

तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षका कुमार विकको खुट्टा काटेको घटनामा संलग्न रहेको आशंकामा २७ जना व्यक्तिलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

‘घटना के भएर भएको हो यसको निचोडमा अझै पुग्न सकिएको छैन। शंका लागेका सबैलाई पक्राउ गरेका छौँ’, डिएसपी सिंहले भने,‘घटनास्थल सुनसान सडक किनाराको खेत हो । घटनाको बारेमा अनुसन्धान गरेर यथार्थ सार्वजनिक गर्छौँ।’

घटना लगत्तै ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले मंगलबार राति अनुसन्धानका लागि थप २२ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

भान्जाको बिहेमा भोज खाएर घर फर्किँदै गरेका विकको तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडक किनारामा अपरिचित समूहले बायाँ खुट्टा धारिलो हतियारले छिनालेका थिए।

विकको अहिले भारतको लखनउँमा उपचार भैरहेको छ।