कोरोनाका कारण एकैदिन ३६७ को मृ’त्यु

कोरोनाको संक्रमण दिनहुँजसो बढ्दै गएको छ । बेलायतमा संक्रमण बढेसँगै मृ’तक संख्या र अस्पताल भर्ना हुनेको संख्या पनि सोही अनुपातमा वृद्धि हुँदैछ ।

मंगलबार सार्वजनिक तथ्यांक अनुसार २४ घन्टामा बेलायतमा कोरोना संक्रमंबाट मृ’त्यु हुनेको संख्या तीन सय ६७ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या विगत पाँच महिना अर्थात मे पछिकै सबैभन्दा धेरै हो । योसँगै बेलायतमा कोरोनाबाट मृ’त्यु हुनेको कुल संख्या ४५ हजार ३६५ पुगेको छ ।

तर कोरोना संक्रमणबाट मृ’त्यु हुनेमा दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या झन्डै ५१ हजार रहेको छ । शुरुमा कोरोना संक्रमित कुनै पनि व्यक्तिको मृ’त्यु भएमा कोरोना संक्रमितको रुपमा दर्ता गरिने भएकाले यो संख्या बढी हुन गएको हो ।

तर पछि संक्रमित भएको २८ दिनभित्र मृ’त्यु भएमा मात्र कोरोनाको मृतक घोषित गर्न थालिएको हो । त्यसबेला बेलायतमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या करिब पाँच हजार घटेको थियो ।