दशै मनाउन आएका व्यक्तिमा कोरोना पुष्टि, पाँच दिनलाई वडा सिल

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाले पाँच दिनलाई वडा क्षेत्र सिल गरेको छ । दशै मनाउने गाउँ आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायस्तरमा कोरोना फैलिन सक्ने अनुमान गर्दै संक्रमण रोकथाम गर्न मंगलबार साँझ ७ बजेदेखि कात्र्तिक १५ गते राती १२ बजेसम्म लागु हुने गरी वडा क्षेत्र सिल गरेको हो ।

वडा भित्र अत्यावश्यक अवस्थमा बिरामी बोक्ने गाडी, निर्माण सामाग्री, खाद्यान्न र दूधको गाडी वडा कार्यालयसँग समन्वय गरी चलाउने र अन्य सवारी साधन, मोटरसाईकल समेत चलाउने पाईने छैन । वडाध्यक्ष यामबहादुर श्रीसका अनुसार वडाभित्र पाँच जनाभन्दा बढी जमघट भई भेला हुन नपाउने र अनावश्यक रुपमा आवतजावत गर्न पनि निषेध गरिएको छ ।

‘परिवारको हेलचक्राइँले कोरोनाको त्रास फैलियो’ उहाँले भन्नुभयो–‘यो समय छोराछोरीको माया लाग्यो भन्दैका परिवारमा सामेल गराउनु मुर्खता हो । दशैको पूर्णियमासम्म टीका लगाउने चलन रहने हुँदा चहलपहल कम गर्न सिल गर्नु अनिवार्य भएको उहाँको भनाई छ ।