इरानमा पनि नेपालमा जस्तै मिल्दोजुल्दो संस्कृती !

नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान–इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको अनुमान गरिन्छ।

युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापकका अनुसार दक्षिण एसियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुनसक्ने बताउँछन्।

किनकी इरानी नयाँ वर्ष अर्थात् नौरोजका दिन जमरा पनि सजाउने चलन छ । बीबीसीका अनुसार कसैले नौरोज, कसैले नौरुज त कसैले नवरोज भन्ने उक्त पर्वमा नेपालको दशैँसँग मिल्ने मुख्य कुरा भनेको नै त्यसमा प्रयोग जमरा हो।

इरानीहरूले सब्जी सजाउन मात्र प्रयोग गर्छन्, नेपालीले जस्तो लगाउने गर्दैनन्। नौरोजलाई इरानी नयाँ वर्षका रूपमा चिनिए पनि यो त्यहाँ मात्र मनाइँदैन। नौरोजमा नेपालमा जस्तो बालुवा वा माटोमा जमरा राख्ने चलन छैन।

युनेस्कोको आधिकारिक वेबसाइट र नौरोजबारे लेखिएका अन्य सन्दर्भ सामग्रीहरूमा जनाइए अनुसार नौरोज मनाउने तरिका पनि नेपालमा दशैँका बेला गरिने नवरात्री पूजासँग मिल्दोजुल्दो देखिएको छ।

नौरोजका लागि तयार पारिने सब्जी अर्थात् जमरा पनि नौ दिन राखेर नै तयार पार्ने चलन रहेको छ।