माता उतार्ने नाममा बला’त्कार गर्ने धामी प’क्राउ

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बला’त्कारको आरोपमा प’क्राउ परेका छन् ।

प’क्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा प’क्राउ गरी जब’र्जस्ती करणीमा मु’द्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए ।

उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौ’न तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।