बाघको आ’क्रमणबाट दुई जनाको मृ’त्यु

बर्दिया- बर्दियामा पाटेबाघको आ’क्रमणमा परी दुई जनाको मृ’त्यु भएको छ। भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविकमार्ग मधुवन नगरपालिका-३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आ’क्रमण गर्दा दुईजना स्थानीय युवाको मृ’त्यु भएको हो।

पाटेबाघको आ’क्रमण गर्दा मधुवन नगरपालिका-३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृ’त्यु भएको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए।
बिहानैदेखि हराएका उमेशलाई केही साथीसँग सामुदायिक वनमा खोज्न गएका बेला दिनेशलाई बाघले आक्रमण गरेको थियो। सँगै गएका साथीहरु उनलाई बाघले आ’क्रमण गरेपछि गाउँमा आएर होहल्ला गरी सुरक्षाकर्मी सहितको टोली वनमा पुगेका हुन्।

खाताजैविक मार्गमा एकसाता अघि घाँस का’ट्न गएकी सोही निवासी २९ बर्षीया गंगा खत्रीको बाघको आ’क्रमणमा परी मृ’त्यु भएको थियो।