राष्ट्रपति भण्डारीले आफ्नै आमाको अगाडी पनि नझुकेको भनेर गलत टिप्पणी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई भीभीआइपीले दशैको टिका स्थगित गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका नलगाइ दिएपनि आफूले भने आमाको हातबाट टीका ग्रहण गरेकी थिइन । उनले गुरु र आमा दुवैबाट टिका ग्रहण गर्नुभयो ।

तर टिका लगाउदा तस्वीरमा आमालाई उभाएर आफु बसेर टिका लगाएको देखिन्छ।

यो तस्बिरलाई सेयर गर्दै विभिन्न सामाजिक संजाल प्रयोगकर्ताहरुले राजाको झुकेर टिका ग्रहण गरेको तस्बिरसंग टिका–टिप्पणीहरु गरीरहेका छन। केहि प्रयोगकर्ताहरुले राष्ट्रपति विद्या भण्डारीले आफ्नै आमाको अगाडी पनि नझुकेको भनेर गलत टिका–टिप्पणी भएको बताईन्छ।