शाैच गर्न गएकी किशोरी बला’त्कृत, अर्की एकमाथि बला’त्कारकाे प्रयास

सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी बला’त्कृत भएकी छिन् । अर्की एक किशोरीमाथि बला’त्कारको प्रयास भएको छ ।

सप्तरीको तिरहुत गाउँपालिकानिवासी १८ वर्षीया दलित किशोरी बला’त्कृत भएकी हुन् । गत शनिबार राति करिब ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएका दुवै किशोरीलाई एक समूहले नियन्त्रणमा लिएर घरभन्दा करिब चार सय मिटर टाढा लगेर बलात्कार गरेको पीडितले बताइन् ।

पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जादाँ बेहोस अवस्थामा भेटेकी थिइन् भने उनीसँगै गएकी अर्का किशोरी हस्याङ-फस्याङ गर्दै घरतर्फ आइरहेको अवस्था भेटिएको बताइन् ।

पीडित दुवै किशोरीकी आमाले सोमबार प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

दुईजना किशोरीमध्ये एकजनालाई जबर्जस्ती करणी भएको र एकजनालाई प्रयास मात्रै भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले बताए ।

घटनामा संलग्नमध्ये एकजना सुनिलकुमार साहलाई पक्राउ गरेर कारबाही अघि बढाइएको र घटनामा संलग्न थप अभियुक्तको खोजी भइरहेको डिएसपी सिंहले बताए ।

डिएसपी सिंहका अनुसार इप्रका कञ्चनपुरमा तीन महिनामा ६ वटा बला’त्कारको घटना दर्ता भएका छन् ।

दलित सरोकार मञ्च नेपालका अध्यक्ष युक्तिलाल मरिक डोमले दलित समुदायका किशोरीको ह’त्या र बला’त्कारको घटना बढेको बताए । प्रदेश २ मा दलितमाथि ह’त्या र बला’त्कारका घटना बढिरहेको भन्दै यो समुदाय निरन्तर आन्दोलनरत छ ।