रवि लामिछानेकी पूर्वपत्नी इशा नेपाल आउँदै

काठमाडौँ । हाल अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन्। पुडासैनी आ’त्म’ह’त्या प्रकरणमा अनुस’न्धानका लागि प्रहरी हिरा’सतमा रहेका रवि सोमबार ५ लाख ध’रौटीमा रिहा भए लगत्तै इशा नेपाल आउने बताइएको हो।

उनी नेपाल किन आउँदैछिन् भन्नेबारे भने खुलाइएको छैन्। नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ। यद्यपी उनी नेपाल आउने मिति भने तय भएको छैन्।

२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध वि’च्छेद गरेका थिए। सम्बन्ध वि’च्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए।

रवि र इशाका दुई छोरी पनि छन्। छोरीहरुसहित इशा अमेरिकामा बस्दै आएकी छिन्।

केही समयअगाडी अमेरिकामा रहेको घरको लिलामीको सूचना प्रकाशित भएको थियो । सूचना अनुसार २ महिनाभित्रमा घरको किस्ता नतिरे घर लिलामि गरिनेछ । सम्वन्ध विच्छेद गर्दा रविले अमेरिकामा भएको घर छोरीहरुको नाममा गरिदिने र त्यसको सम्पूर्ण किस्ता लगायत छोरीहरुको लालनपालनको खर्च आफूले व्यहोर्ने सर्तमा सम्वन्ध वि’च्छेद गरेको बताइन्छ । तर अहिलेसम्म पनि अमेरिकामा रहेको उक्त घर रविकै नाममा रहेको छ ।