रबि जेल परेर, झन् ‘हिरो’ बनेका छन्, यत्ति कुरा हेक्का राख्नु

  • केबी गुरुङ 

पत्रकार र पत्रकारिता आम मानिसको अभिव्यक्ति हो । तर तिनै आम मानिसहरु पत्रकार जगतलाई घृणा गर्छन । संसारमा पत्रकारहरुलाई हेर्ने दृष्टिकोण संकुचित छ ।

पत्रकारहरु कसैको गोप्य कुरा भंगगरि व्यक्तिगत जिबन नै खुइल्याएर आत्मरति लिने कुजातका हुन् भन्ने अर्थमा बुझिन्छ।

मानिसहरु व्यक्तिगत जिबनको प्राइबेसि सबै भन्दा ठुलो सम्पति ठान्छन । इज्जत र नैतिकता छ त मानव स्वरूप छ । जब मानव स्वभाब हराउछ अनि मानिस पागलमा गन्निन्छ ।

व्यक्तिगत प्राइबेसिको खेदो खन्दै अरुलाई खुईल्याउन लागिपर्ने भएको हुँदा पत्रकार देखि मानिसहरु सतर्क रहन्छन, अनि बाटो काटेर तर्किन्छन, पत्रकार देखि टाढा रहन खोज्छन । सुचना चुहाई दिने र बेचिदिने जासुसी ठान्दछन्।

यसरि संचार जगत प्रति मानसिहरु बितृष्ण हुँदै गएको बेला रबि लामिछानेको पक्षमा ठुलो भिड उर्लिएको छ ।

माफ गर्नुहोला, आज शालिक’राम पुडा’सैनीको मृ’त्यावरण भएको छ । कसैको मरणमाथि सोखस्तब्ध हुनुपर्ने बेला ज्युउदा मानिसको चर्चा गर्नुपर्ने बाध्यता आइलाग्यो । यसका लागि पुनः म माफी चाहान्छु । पुडा’सैनीको आत्माले शान्ति पायोस ! उनको मृ’त आत्माले न्याय पाओस ।

चितवनमा पत्रकार रबिलामिछानेको पक्षमा ठुलो भिड देखियो । यसरि तिरस्कारको भुमरीमा अल्झिएका तमाम पत्रकारहरुका लागि यो खुसीको बिषय हो ।

संचारकर्मीका लागि उर्लेको यो भिड देखेर, पत्रकारितालाई कर्म बनाउन चाहाने म जस्ता बाम्मेसर्ने पत्रकारका लागि खुसिको क्षण हो ।

विश्व इतिहास पल्टाउने हो भने पत्रकारको पक्षमा यति धेरै जनसमर्थन जुटेको सायदै भेटिदैन । यो पहिलो पनि हुन सक्छ । जाबो जासुसी लाग्ने नाथे पत्रकार आज शहरभरि उसकै चर्चामा छ । गाउँभरी उसकै चिन्तामा छ । उसकै पक्षमा ठुलो जामात उभिएको छ तर केहि मानिसहरु फेसबुकको डिलमा बसेर उक्त भिड खिस्सिट्युरि गर्दै छन् । त्यसबारे एकै छिनमा चर्चा गरौला ।

युद्दकालका केहि थोरै घटनाहरु स्मरण गरौ…!

जनयुद्दको उद्घम थलो ‘थवाङ्ग’ राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चामा थियो । तर युद्दकालमा पत्रकारहरु ‘थवाङ्ग’को बास्तबिकता थाहा पाउन कसैले सक्दैनथे । सम्बभ त ‘थवाङ्ग’को यथार्थता पाउन पत्रकारहरुले शान्तिकाल नै कुर्नु पर्यो । यसको पछाडी आम जनमानस नै पत्रकार देखि सजग थियो । सबै स्रोतहरु पत्रकारदेखि टाढिएका थिए, कारण पत्रकारहरु प्रति त्यहाँका मानिसहरु सकारात्मक थिएनन । बिश्वस्त थिएनन । पत्रकारहरु राज्यका भरौटे हुन् भन्ने अर्थमा बुज्थे । गाउँमा कोहि पत्रकार देख्यो कि सुराकीको रुपमा बुझ्थे ! सुचना चोर्न आएको जस्तो ठान्थे।

किन भने विद्रोहको राजनीतिलाई समर्थन मात्रै गरेकै कारण प्रहरीले माओबादी भन्दै ज्युँदै जलाएर मारिदिन्थ्यो । भोलिपल्ट रेडियोमा समाचार बज्थ्यो, ‘माओबादि गुरिल्ला र प्रहरीको दोहोरो भिडन्तमा एकजना गुरिल्ला मारिए ।’

तर मारिएका व्यक्ति न-गुरिल्ला थिए, न-माओबादी थिए, उनि थिए त केवल सर्बसाधारण !

जनताले प्रत्यक्ष देखेको घटना यसरि हेर्दाहेर्दै झुटको पुलिन्दा रेडियोको सन्देश बन्दा, त्यस्तो संचार जगतलाई कसले बिश्वास गर्न सक्थ्यो ? प्रहरीले गाउँका सिधा सोझा चेलीबेटीहरुलाई बलात्कार गरि आँखै अगाडी ज्युदै खाल्डोमा पुरिदिन्थे तर समाचार बन्थ्यो ‘भिडन्तमा महिला छापामार मारिईन ।

यसरि संचार मिडियाले नै युद्दबेला सर्बसाधारणलाई माओबादी बनाई दिन्थ्यो, त्यसपछि उनीहरु माओबादि नबनेर सुखै थिएन । त्यहाँको ढुंगा माटो समेत माओबादि नबनी सुखै भएन, बाध्यता थियो ।

नेपालमा दरबारियाहरुको पक्षपोषण गर्दै आएको संचार जगत जनताको नजरमा यसरि अपराधि झैँ लाग्थे । ठुला बडाहरुको पक्षमा ओकालत गर्ने संचार जगत थिए । निमुखाहरुको पक्षमा कहिलै बोल्दैनथे । तिनै निमुखाहरु माथि बुट बज्रिदा ढाक छोप गरिन्थ्यो । पन्चे, मुखिया, प्रधानहरुको भक्तिभावमा कलम चलाउथे । फलस्वरूप आम नागरिकहरुले पत्रकारलाई पन्चे, मुखिया तथा दरबारियाहरुको जासुसीको रुपमा बुझ्दथे, उनीहरु जनताको आफ्नो कहिलै भएनन् । सत्य लुकाएर झुट फुक्ने संचार क्षेत्र यसरि बद्नाम भएकै हो ।

त्यसैले बामपन्थी लेखक खकेन्द्र संग्रौलाले युद्दबेला ‘मिडियाहरुको एकोहोरो भूमिका बारे’ बेलाबखत खण्डन गरेको सुन्छु । उनको खण्डनमा सत्यता देख्छु । मिडियाले अपराध गरेको कुरा बेला बखत ओकालत गरिरहन्छन । जतिबेला सत्य तथ्य भन्दा टाढा रहेर मिडियाले बिद्रोही पक्षलाइ घोर अन्याय गरेको थियो ।

यहाँ भन्न खोजिएको कुरा केहो भने, नेपाली संचार जगत जनताको पक्षमा कहिलै बोल्दैनथ्यो । यसरि पत्रकारको उदय जहिले पनि दरबारिया पृष्ठभुमिबाट हुने हुँदा उनीहरुलाई संसारभर सकारात्मक ढंगले बुझ्ने र ग्रहण गर्ने नागरिकहरु कमै भेटीए । पत्रकारहरु सत्य लुकाएर झुठो प्रचार गरिदिंदा मानिसहरु अफबाहको सिकार भए र उनीहरु प्रति घृणा जगाए ।

तर पछिल्लो समय नेपाली पत्रकारिताको चिन्तनमाथि केहि बदलाब आएको छ । जासुसी लाग्ने पत्रकारहरु अचेल आममानिसका देउता पनि लाग्न थालेका छन् । उनीहरु भगवानका स्वरुप मानिन थालेका छन् ।

यसको सुत्रधार कर्ता कृष्ण सेन इक्छुक हुन् । उनले बेथिति बोकेको व्यबस्थाको बिरुद्द कलम चलाउदा आफै मारिए ।

किन जन्मियो रबि लामिछाने प्रवृति ?

अचेल चिया पसल देखि सडक सम्म रबि लामिछानेको चर्चा चलेको छ । चिया गफमै एक जना मित्र भन्दै थिए, ‘रविले सिमेन्ट ब्यापारी तथा ठुला उद्योगपतिबाट चन्दा असुलेर खान्छन तर विदेशमा अलपत्र परेका चेलीबेटीहरुलाई उद्दार गर्छन भने यो पनि यो त धर्म भएन र ?’ भन्दै खिस्स हाँसे ।

आखिर एकमनले सोचेर बर्गिय पक्षधरताको कुरा गर्ने हो भने रविले सर्बसाधारणलाई त लुटेका छैनन् नि ! उनले लुटेकै भएपनि हुनेखाने माफियासंग भएको सम्पति त लुटे ।

यसरि हेर्दा बहुसख्यक गरिब बर्गका लागि यो टाउको दुखाईको बिषय नै भएन । तुलनात्मक हिसाबले रविले अन्य पत्रकारहरु भन्दा जनपक्षिय कार्य गरेका छन् । राजनेताको बेथितिका बिरुद्द बोल्ने हिम्मत गरेका छन् । कम्तिमा बेथितिका बिरुद्द बोल्ने कोहि त सडकमा छ ।

सर्बसाधारण लुटेर अरबपति भएका माफियाहरु भन्दा अरबपति माफियाहरुबाट चन्दा असुलेर जनताका मुद्दा उठाई न्याय दिए भने त ठिकै त हो । आखिर हिजो प्रचण्ड कामरेडले सुत्रधार गरेको छापामार युद्दको नीति पनि यहि थियो । धनाड्यहरुबाट चन्दा असुलेर सर्बहाराको सुदिन फिराउने सुत्रधार ठिकै थियो ।

देश बिदेशबाट रविले पाइरहेको जनसमर्थनलाई साँछी राखेर भन्ने हो भने, बास्तबमा रबि लामिछानेले नेपाली संचारक्षेत्रमा पत्रकारिता माथि नयाँ क्रान्तिको उभहार ल्याइदिएकै हुन् । यस्तो जनउभहार परिवर्तनको मुद्दा बोकेको क्रान्तिले मात्रै प्राप्त गर्न सक्छ ।

यो देशमा बन्दुकको नालबाट क्रान्तिको बिजारोपण गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनले कुनै दिन यस्तै जनमत पाएका थिए । उनको फोटो देखेर मात्रै गाउँ र शहरभरि भगवानको रुपमा ग्रहण गरिन्थ्यो । देशलाई मात्र होइन, विश्वलाई नै कायापलट पार्ने हैसियत उनीसंग थियो । मानिसहरु भन्ने गर्थे प्रचण्डले एकदिन संसार हाक्ने छन् । संसार हाँक्न सक्ने प्रचण्ड अहिले कहाँ छन्, त्यो आर्को पाटो हो, त्यता तिर नजाउ !

तर बुझ्नै पर्ने कुरा के छ भने, प्रचण्डको बन्दुक र रबि लामिछानेको कलम जन्मिनुको मुख्य कारक तत्व भने राज्य ब्यबस्था नै हो । भलै भोलि रविको यो भिड गन्तब्य बिहिन लोप हुन पनि सक्छ, त्यसैले बर्तमानको समिक्षा भबिस्यले गर्ने हो ।

आज वर्तमानमा टेकेर हेर्दा भने रविको भिडलाई नपत्याई सुखै छैन । जसरि हिजो जनयुद्दको भिडलाई हामीले पत्याएका थियौ ।

होइन भने भन्न सक्नु पर्छ, यो देशमा बेथिति कहिँ कतै छैन । भ्रष्टाचार कहिँ कतै छैन । माफियाहरु गुमनाम भए । लुटेराहरु स्वाहा भए । यहाँ जनताको राज चल्दै छ, सुशासन चलिरहेको छ । भूमाफियाहरू देश निकाला भए । यो देश आफ्नै बलबुतामा स्वाभिमान जगाएर चलेको छ । बिदेशी हस्तक्षेप छैन । युवाहरु विदेश पलायन हुनुपरेको छैन ।

जब सम्म समस्याको जरो जहिलेसम्म रहिरहन्छ, तबसम्म हिजो क्रान्ति गर्ने प्रचण्डहरु मौन बसेपनि, नयाँ प्रचण्डहरु उदाई रहनछन । आजका रबि लामिछाने भोलि सुशासन नआइकनै मौन बसे भनेपनि नयाँ रबिहरु जन्मी रहन्छन । रबि प्रवृति उदाई रहन्छ !

खासगरी रबि लामिछाने एउटा प्रवृति हो, त्यो प्रवृति कसरि र किन जन्मियो ? कसको कारण जन्मियो भन्ने कुरा मुख्य हो ।

यहि व्यवस्थाले हिजो प्रचण्ड प्रवृति जन्माएकै हो । जुन प्रवृति अहिले राजनीतिक बिचार धाराको रुपमा परिभाषित भएको छ । भोलि रवि लामिछानेको प्रवृति यस्तै कुनै बिचारधारामा प्रवाहित नहोला भन्न सकिन्नन । त्यो पनि राज्य व्यबस्थाको नुनपानी खाएर रबि लामिछानेको प्रवृतिमा डकार फ्याक्नेहरुकै कारण उत्कर्षमा पुग्न सक्छ ।

१० बर्षे जनयुद्दमा प्रचण्ड प्रवृतिलाई यो व्यवस्थाले भकुण्डो सरि नथिचेको भए, आज प्रचण्ड प्रवृतिको राजनीतिक बिचारधाराले स्थान पाउदैनथ्यो । त्यसैले ‘रबि प्रवृति’लाई उचाल्न, पछार्न राज्य व्यवस्थाका मानिसहरु नै धेरै लागिपरेका छन् । शक्ति सत्ता पावरको दुरुपयोग गरेर, व्यक्तिगत बदलाभावमा जुटेका छन् ।

बस्ताबमा पिडित शालिकराम पुडासैनीको मृत्युलाई इशु बनाएर व्यक्तिगत पुर्बाह्ग्रही साँध्नेहरु सक्रिय देखिन्छन । यस्तो कार्यले पुडासैनीले न्याय पाउनेमा संका देखिन्छ । निर्मला पन्तको प्रकरण जसरि मिडियाले उचालेर सत्य तथ्य छानबिनलाई नै प्रभावित बनाईएको थियो, त्यसैगरी पुडासैनि प्रकरणलाई उचाल्ने पछार्ने र आफ्नो स्वार्थ पुर्तिगर्नेहरु सक्रिए रहेका छन् ।

नेपाल अर्धऔपनिवेशिक मुलुक भएकै कारण पछिल्लो चरण नेताहरु बद्नाम बन्दै जानु । राज्य व्यबस्थाको नीति विभेदपूर्ण हुँदै जानु र बलियो संयन्त्र नहुनुले, यस्तो संयन्त्रको बर्खिलापमा पत्रकार रबि लामिछाने ठुलो जनसमर्थनको घेराभित्र भेटिएको छ ।

संसारको सबै भन्दा शक्तिशाली तागत भनेको जनसमर्थन नै हो । जनसमर्थनको कदर नगर्नेहरु धर्तिबाटै बढारिएका छन् । यहाँ कुनै बिस्थापित बादशाहहरुको उदाहरण दिईरहन जरुरि छैन, हाम्रै देशको निरङ्कुश राजतन्त्रका नायक शाह बंशलाई हेरे पुग्छ । उनीहरु अहिले नागार्जुनको दुलो भित्र खुम्चिएर बसिरहेका छन् ।

पछिल्लो समय बिद्रोहीधार भएर बगीरहेका रबिका आवाजहरु हुन् । बेथिति व्यवस्थाका बिरुद्द कठोर बोल्न सक्ने हिम्मत उनीसंग छ । त्यसैले सत्ताको आँची खाएर रम्ने पत्रकारहरुलाई टाउको दुखेको छ । सत्ताधारीहरुको घैटोमा झनै खैला-बैला मच्चिएको छ, रविको कारण भ्रष्टको घैटोमा अझै अँध्यारो हुने निश्चित छ । तर उनि झुकेनन् भने मात्रै सम्भब छ ।

भिडलाई कम आँक्नु दुर्भाग्य

चितवनमा संचारकर्मी रबि लामिछानेको पक्षमा ठुलो भिड उर्लियो । मुलधारका राष्ट्रिय मिडियाहरुले त्यो भिडलाई देखेर पनि नदेखेझै गरे । कतै समाचार छापेनन । बरु केहि बुद्दिजिबि कलमधारिहरु फेसबुकको डिलमा बसेर रबिको उक्त भिडलाइ भेडाको बथानको उपनाम दिए ।

यसो बुझ्दा एउटा पत्रकार लामिछानेको बिरुद्दमा मुलधारका पुरै मिडियाहरु उभिएको देखियो । आफ्नै हातमा मिडिया हाउस भएपछी रविको उछितो कार्न आखिर सजिलो जो थियो, जन्मे देखिको बल प्रयोग गरेर रविलाई नग्याउने सामर्थ्य बोके तर उक्त सामर्थ्यलाई चितवनको त्यो भिडले कत्ति टेरेन ।

यो भिडले सोच्न बाध्य बनाएको छ, कि मानिसहरु राजनीति प्रति यति बितृष्ण किन बन्दै छन् ? र एउटा शुन्य उदेश्य र लक्ष्य भएको टेलिभिजनको पर्दामा कराउने आर्जेलाई किन पछ्याई रहेका छन् ? बिषय निकै गहन छ । यसलाई कसैले खिस्सिट्युरि गरेर पार लाग्ने वाला छैन ।

यसो भनिरहदा मैले रबि लामीछाने सोर्हैआना सहिछन भन्ने पक्षमा ओकालत गरिरहेको छैन, मात्रै त्यो भिडको औचित्य खोजिरहेको छु ।

किन भने,

संसारमा कोहि शक्तिशाली छ भने त्यो हो ‘भिड’ । भिडलाई कम आँक्ने राणाहरु डाइनोसर झैँ बिलाए । राजतन्त्रको अवसान भयो । पंचायतलाई ढालेर जन्मिएको बहुदलीय प्रजातन्त्र भिडहरुको उपाधि हो । आज राजतन्त्र फालेर गणतन्त्र आएको छ, यो पनि भिडकै परिणाम हो ।

भिडको तागत असाधारण हुन्छ । संसारका ठुला ठुला बादशाहलाई भिडले नै घोडाबाट खसालेको छ । काला जातिका मन्डेला भिडको आडमा सेता भएका थिए । उनि अहिले आकाशमा सेतो तारा बनेर चम्किरहेको संसारले हेरिरहेको छ ।

नेपालमा पनि भिडकै आडमा चितवनका पुष्पकलम दाहाल कामरेड ‘प्रचण्ड’ भए । यहि भिडकै बलमा झापाका खड्क प्रसाद ओली आज ‘प्रधानमन्त्री’ भएका छन् ।

स्मरणहोस्, सासकहरुले भिडलाई कम आँक्नुले यी सब परिणामहरु जन्मिएका हुन् ।

आज रबि लामिछानेको भिडलाई धेरैले भेडाको संज्ञा दिएका छन् । हेला गर्दै होच्च्याएर बोल्दै छन् । यो भिडलाई कम आँक्नु दुर्भाग्य हो भन्ने तिर कसैले चिन्तन गरेको देखिएन ।

हो.., रविको भिड राजनीतिक बिचार बिनाको भिड हो । कुनै रणनैतिक कार्यदिशा बिनाको भिड हो । उसको भिडमा बीपीको समाजबाद छैन । उसको भिडमा मदन भण्डारीको बहुदलीय जनबाद पनि छैन । त्यो भिडमा कामरेड प्रचण्डको नौलो जनबाद पनि छैन ।

तर बीपीले देखाएको समाजबाद, मदन भण्डारीले देखाएको बहुदली जनबाद र प्रचण्डले देखाएको नौलो जनबादको बेथितिको तिरस्कारबाट वाक्क दिक्क भएर जन्मिएको भिड पक्कै हो ।

हेक्का हुन् जरुरि छ, राजनीतिक नेता तथा कार्यकर्ताहरुले अब आफ्नो राजनतिक बिचार र पार्टीको साख कसरि जोगाउने ?

यी भिडले राम्रै संग बुझेको छ; देउबाको कट्टु मात्रै सिमलेर बीपीले देखाएको समाजबादमा कहिले पुगिएला ? मदन भण्डारीको बहुदलीय जनबादको देखाएर खड्क प्रसादको विदेश उपचारमै ढुकुटी रित्त्याएर, प्रचण्डको अधकचल्टो नौलो जनबाद देखाएर दाहाल कामरेडले छोरी, बुहारी, नातागोतालाई सत्ता भत्ता बाँडेर कहिले साम्याबादमा पुगिएला ?

बस्ताबमा यो देशको नकचरो राजनीतिबाट बितृष्ण भएर, राजनीतिमा रणनीति र कार्यनीति शुन्य भएका नाथे पत्रकारको पक्षमा जमात उर्लिएको छ ।

कारण सिम्पल छ, रोजगारको नाममा युवाहरु बेच्ने नेताको कारण बिदेशमा लुटिरहेकि चेलीले बचाउ भन्दै हारगुहार गर्दा टेलिभिजनको स्क्रिनबाट बिदेशमा दुखेका दर्दहरु रबिले देखाई दिए । जसको कारण कैयौ चेलीहरु उद्दार पनि भए । यो मिडियाको न्युनतम धर्म पनि हो ।

बिदेशमा राजदुताबास नामका भत्ताधारीहरुले अलपत्रपरेका नेपाली नागरिकहरुलाई सुनेनन् र रविलाई हार गुहार गरे । ति चित्कारहरु कम्तिमा पनि उनले टेलिभिजनको पर्दाबाट सुनाइ दिन्छन । भनिन्छ नि ! मनको पिडा गुम्स्याएर राख्नु भन्दा अरुलाई पोख्यो भने मन केहि हलुका हुन्छ ! हो त्यस्तै हलुको फिल गर्न रविलाई गुहार्छन ।

देशमा माफियाहरुको बिगबिगी छ । दलालहरुको बिगबिगी छ । हरेक क्षेत्रमा नाताबाद कृपाबादले जेलिएको छ । स्थानीय तह देखि केन्द्र सम्म आसेपासेहरु कथित संयन्त्र बुनेर बसेका छन् । सरकारी अड्डाहरू तिनै आसेपासेहरुको कब्जामा छ ।

देशका नागरिकहरुको स्वास्थ्य स्थिति निकै भयाबह र जोखिम बन्दै गएको छ । गरिबहरु निजि अस्पतालमा उपचार गर्न सक्ने हैसियत छैन । बिर हस्पिटल, टिचिङ्ग लगायतका सरकारी अस्पातलहरु चाकडीबाजहरुको इशारामा चल्छन । सरकारी हस्पिटलहरु सरकारी मानिसले कब्जा जमाएका छन् । ति हस्पिटलहरुमा दुर्गमको बिरामीले समयमै उपचार पाउदैन, सबै भन्द ठुलो राजनीति त्यहि हुन्छ । नेताहरु बिर हस्पिटल र टिचिङ्ग वरिपरि हुन्छन । आफुलाई भोट हालेका र नातागोताको हिसाब किताब गरेर, हस्पिटलमा फोर्सलाएर उपचार गराउछन । बाँकी गरिब जनताहरु उपचार नपाएर अलपत्र छन् ।

यस्तै ब्यथितिको बिरुद्द रबि लामिछानेले भण्डाफोर गर्दा गरिबहरुको भिड नेता तिर होला कि रबि तिर ? तिनै सत्ताधारीको पक्षमा कलम चलाउने पत्रकार तिर होलान कि बेथितिको बिरुद्द कलम चलाउने पत्रकार तिर ?

स्मरण होस ! रबि लामिछाने को हुन ? यिनको नियत के हो ? त्यो इतिहाँसले साक्षात्कार गर्ला तर एउटा कुरा सत्य के हो भने बर्तमान अबस्थामा रबि लामिछाने जनताको आवाज हो । निमुखाहरुको न्यायिक आवाज हो ।

रबि लामिछानेलाई जन्माउने यहि राज्य ब्यबस्था हो । उनको भिडलाई देखेर डाहा गरेर भयो ? भिडले दैत्य भएपनि रबि लामिछानेलाई नै मनपराए त अब किन जल्नु पर्यो ?

स्मरणहोस जनताको म्यान्डेडलाई कदर गर्ने लोकतान्त्रिक गणतन्त्रको मर्म हो, यसको कदर गर्नेहरुको जय हुनेछ, नगर्नेहरुको रामनाम सत्य हुनेछ ।

अन्तमा एउटा कुरा के याद राख्नु, नेपालमा भिन्न बिचारलाई जसले दबाउन खोज्छ उनीहरु सिद्दिएका छन्, फरक र भिन्नमत राख्ने मानिस अन्तमा हिरो बनेका छन् । भोलि रबि हिरो हुने र जिरो हुने उनका बिरोधिहरु कै कारण हो । रबि जेल परेर, झन् हिरो बनेका छन्, यत्ति कुरा हेक्का राख्नु । (पोष्टपाटी)