गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेको एक हप्ता नपुग्दै रअले निकाल्यो यस्तो गम्भीर रिपोर्ट

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको १ हप्ता नपुग्दै भारतको गुप्तचर संस्थाले केन्द्र सरकारलाई चीनसँग सीमा जोडिएका नेपालका सात जिल्लामा सीमा अतिक्रमण भएको रिपोर्ट प्रस्तुत गरेको छ । भारतीय मिडियामा प्रकाशित समाचारमा गुप्तचर संस्थाले चीनले नेपालतर्फ १५ सय मिटरसम्म अन्तर्राष्ट्रिय सीमालाई बढाएको दाबी गरेका छन् ।

नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चिनियाँ कम्युनिस्ट पार्टीको बचाऊ गर्ने भएकाले स्थिति अझै बिग्रन सक्ने बताइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मिडिया रिपोर्टमा नेपालको सर्भे डिपार्टमेन्टको रिपोर्टबारे पनि उल्लेख गरिएको बताइएको छ जसमा चीनले नेपालको जमिन ह’त्याएको कुरा उल्लेख गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस रिपोर्टलाई नजरअन्दाज गरेको पनि दाबी गरिएको छ ।

भारतीय मिडियाले गुप्तचर एजेन्सीको हवाला दिँदै नेपालको दोलखा, गोरखा, दारचुला, हुम्ला, सिन्धुपाल्चोक, रसुवा र संखुवासभामा सीमा अतिक्रमण भएको दाबी गरिएको छ । नेपालले चीनसँस सीमाबारे वार्ता गर्न आनाकानी गरिरहेको रिपोर्टमा भनिएको छ ।

यद्यपि, कथितरुपमा गरिएको कृषि मन्त्रालयले जारी गरिएको भनिएको उक्त सर्वेक्षण फेक थियो भनेर यसअघि नै प्रमाणित भइसकेको छ । दैनिक भास्करको सहयोगमा