देशभर पछिल्लो १७४१ जनामा कोरोना संक्रमण पुष्टि ; १५ जनाको मृ’त्यु

देशभर पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । हाल ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् । यही अवधिमा ४ हजार ५ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृ’त्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ८६२ पुगेको छ ।

काठमाडौँ उपत्यकामा ८९४ जना संक्रमित थपिए