मंंगोलले कालो टीका लगाएर कालो दिनका रुपमा मनाए दसैं

मंगोल नेश्नल अर्गनाईजेसन जिल्ला सभा दाङले तुलसीपुर–८ बटवलपुरमा दसैंलाई कालो दिनका रुपमा मनाएको छ । आजको दिन पुर्खाहरु काटिएको र नासीएको दिन भएकाले यसलाई कालो टिका लगाएर दसैं बहिष्कार गरेको मंगोल नेश्नल अर्गनाईजेसन जिल्ला सभा दाङका सचिव पृतम चौधरीले जानकारी दिए।

दसैंलाई सम्पूर्ण नेपालीहरुको महान पर्व भन्न नमिल्ने भन्दै हिन्दुरुको मात्रै दसैं भनेर परिभाषीत गर्न उनिहरुले माग गरे। पुर्खाहरुको रगतले मुछिएको टिका आफुहरुले नमाउने भन्दै अहिन्दु मुलबासी मंगोलले यस दिनलाई कालो दिनका रुपमा मनाउनु पर्ने बताए।

जिल्ला सभा दाङका वैकल्पिक सदस्य सुशील चौधरीको अध्यक्षता तथा मंगोल नेश्नल अर्गनाईजेसन प्रदेश सदस्य दिपा चौधरीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा प्रदेश सदस्य घनश्याम चौधरी, जिल्ला सदस्य जितन चौधरी, पहलमान आले, वसन्त पुनमगर लगाएले बोलेका थिए।