नवलपरासीमा हत्या गरिएका सन्तको ह’त्यारालाई कारबाहीको माग

नवलपरासीमा ह’त्या गरिएका सन्तको ह’त्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद नेपालले प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत ज्ञापनपत्र बुझाएको छ ।

परिषदले बारम्बार हिन्दू आस्थामाथि आँच आउने गरी ह’त्या, हिं’सा आक्र’मणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको भन्दै ह’त्या–हिं’साविरुद्ध सरकारले विशेष पहल गरी समयमै आपराधिक तत्वलाई निरुत्साहित गर्न अपिल समेत गरेको छ ।

‘नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत तथा आक्रोशित भएको छ ।

उक्त अमानवीय घटनाको विहिप नेपाल कडा शब्दमा निन्दा गर्दछ । ह’त्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष विहिप नेपाल माग गर्दछ ।’ ज्ञापनपत्रमा भनिएको छ।