खुलामञ्चमा सर्वसाधारणलाई दसैँको टीका(फाेटाे)

लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको ‘हाम्रो टीम नेपाल’ले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ।

गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिकहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले दसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो।

खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दसैँको अवसर पारेर टीका लगाइदिएको हो।

आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्षहरु जस्तो हर्षोल्लास छैन।

विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ।

उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ।