यी नेताहरुले रअ प्रमुखसँग भेटेर पनि किन लुकाए ?

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलको एक दिने नेपाल बसाईको भ्रमणले यतिवेला नेपाली राजनीतिक तरंगित बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेर फर्किएका भनिएका रअ प्रमुखले ओलीबाहेक अन्य ६ जना शीर्ष नेताहरुलाई पनि भेटेको खुलासा भएको छ ।

भारतनिकट स्रोतले जनाएअनुसार रअ प्रमुखले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुपुर्व नै नेपालका पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले भेटेका थिए ।

त्यसको अलावा कांग्रेस नेताहरु रामचन्द्र पौडेल र सशांक कोइरालाले पनि गोयलसँग भेटेका थिए । उता, जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुरले भेटे गरेको बताईएको छ ।

यी ६ जना नेताहरुले रअ प्रमुखसँग भेटेर पनि किन भेट भएको छैन् ? भनेर कुरा लुकाए ? भन्ने प्रश्न उब्जिएको छ । यी नेताहरुसँग कतिपय गोयल बसेको होटलमा पुगेका थिए भने कतिपय नेतालाई भेट्न गोयल आँफै उनीहरुको निवास पुगेका थिए ।