रेशम फिरिरी गीत गाउँदै चिनियाँ राजदूत यान्छीले दिइन् दशैँको शुभकामना

नेपाली कला र सांस्कृति गतिविधिले विश्वका शक्ति राष्ट्रका नेपालस्थित कूटनीतिज्ञहरुलाई मोहित पार्ने क्रम पछिल्लो वर्षहरुमा स्पष्ट रुपमा देखिन थालेका छन् ।

नेपाली चाडबाड र गीत संगीतमा नेपालस्थित विदेशी कूटनीतिज्ञहरुले लगाव देखाएर कूटनीतिकसँगै सांस्कृति सम्बन्ध र समभाव दर्साउने गरेका छन् ।

यही क्रममा नेपालका लागि चिनियाँ राजदूत हउ याङ्छीले सदाबहार नेपाली लोक गीत रेशम फिरिरि गाएकी छन् ।

उनले बडादसैँको दिन सोमबार बिहान रेशम फिरिरि गीत गाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनले विगतमा पनि नेपाली गीतमा नृत्य गर्ने तथा विभिन्न सांस्कृतिक क्षेत्रको अवलोकन गरेका तस्बिर पोस्ट गर्ने गरेकी थिइन् ।