रविलाईलाई बन्धक बनाउने गरी रिहाई गरिएको भन्दै आलोचना भएपछि न्यायाधीश रावल बोले

काठमाडौं। न्यायाधीशहरु सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमहरुमा बोल्दैनन् । त्यसैले न्यायाधीशको पदलाई ‘आइसोलेटेड’ समेत भनिने गरेको छ । तर, चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावल भने सामाजिक सञ्जालमा सक्रिय छन् । उनी बेला बेला आफ्ना धारणाहरु सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिरहन्छन् ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा आदेश दिएर चर्चामा आएका रावल यतिबेला चर्चित छन् । पुडासैनी प्र*करणमा मु*द्दा खेपि रहेका टेलिभिजन प्रस्तोता रवी लामिछानेलाई सोमबार ५ लाख र युवराज कँणेललाई ३ लाख धरौटीमा रिहा गरिएको थियो । उक्त आदेशमा रवी लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम सिधा कुरा जनता मार्फत पुडासैनीको मु*द्दाबारे बोल्न नपाउने र विदेश जाँदा समेत अदालतको अनुमति लिनुपर्नेगरी आदेश गरेपछि रावलले फेरी सामाजिक सञ्जाल मार्फत एउटा सन्देश दिएका छन् ।

लामिछानेलाई बन्धक बनाउने गरी रिहाई गरिएको भन्दै आलोचना भएपछि रावलले सोही बारेमा स्ट्याटस लेखेका छन्।

“बन्धन र सिमाहरु निषेधात्मक हुँदैनन । मर्यादा भित्रका सिमाहरु मर्यादा बढाउनकै लागि हुन्छन्,’ रावलले लेखेका छन्।”