नबिल बैंकका पूर्वअध्यक्षको कोरोनाका कारण मृ’त्यु

काठमाडौं- नविल बैंक लिमिटेडका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ। ह्याम्स हस्पिटलमा उपचारका क्रममा उनको मृ’त्यु भएको हो।

पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक समितिमा थिए। पौडेलको पदावधि सकिएपछि केही समयअघि मात्रै बैंकबाट बाहिरिएका थिए। डिल्ली बजारमा पौडेल अध्यक्ष हुँदा दैनिक रुपमा नबिल बैंक आउने गर्थे।

शम्भुपछि नबिलको अध्यक्षमा उपेन्द्र पौड्याललाई अध्यक्ष बनाइएको छ।