काबुलको आ’त्मघा’ती ब’म हमलामा ३० जनाको मृ’त्यु

अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्ष्य गरेर गरिएको आ’त्मघा’ती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको बताइएको छ ।

अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर भएको सो आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । शनिबार भएको सो हमलामा परी शनिबार नै २२ जनाको मृ’त्यु भएको बताइएको थियो । आक्रमणमा परी कम्तीमा पनि ७० जना घाइते भएका बताइएको छ । आइतबार मृतकको संख्या बढेको हो ।

काबुलनजिकैको दश्त–ए–बार्ची क्षेत्रमा सो हमला भएको हो । उक्त क्षेत्रमा शिया मुसलमानको बाक्लो बस्ती रहेको छ । सो स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको थियो ।एकजना आत्मघाती व्यक्तिले सो भवनमा पुगेर आक्रमण गराएको बताइएको छ । ती व्यक्ति आ’त्मघा’ती भएको थाहा पाएर सुरक्षाकर्मीहरुले रोक्न खोज्दाखोज्दै वि’स्फोट गराएको बताइएको छ ।

त्यस आक्रमणको इस्लामिक स्टेटले आक्रमणको जिम्मा लिएको छ । उनीहरुले सामाजिक सन्जालमा एक सन्देश पोष्ट गर्दै सो आ’त्मघा’ती विस्फोटको जिम्मा लिएका हुन् ।पछिल्ला केही दिनमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गर्ने गरेको छ । तर यो पछिल्लो आक्रमणको भने स्लामिक स्टेटले जिम्मा लिएका छन् ।

एता कतारको राजधानी दोहामा सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहेको छ । तर यता अफगानिस्तानमा भने हिंसा रोकिएको छैन ।रासस/एएनआई